आर्थिक

एन आई सी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुभारम्भ

काठमाण्डौ । आफ्ना आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एन आई सी एशिया बैंकले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको छ र प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउन पनि जानकारी गराईन्छ । यसरी प्रक्रिया पु¥याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने कुरा समेत यसै सुचनाद्धारा जानकारी गराईन्छ ।

बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध भएकाले ग्राहक महानुभावहरु रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको जानकारी समेत गराउँदछौ ।

बंैकले हालका लागि काठमाण्डौ भित्रका सम्पूर्ण ४४ शाखा कार्यालयहरू ( त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, कीर्तिपुर, सातदोेबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट, गोल्फुटार, गोठाटार, मनमैजु, सितापाइला, टोखा, भैंसेपाटी, थली, दुवाकोट, बालकोट, पुरानो ठिमी, सतुंगल, कोटेश्वर, चाबहिल र सोह«खुट्टे) बाट सहज रूपमा विदेशी मुद्रा उपलब्ध हुने व्यवस्था मिलाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २५६ शाखा कार्यालयहरु, २४९ एटिएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६५ अर्ब तथा कर्जा रू. १३७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।