बाग्मती

पुलबाट हाम फालेर बेपत्ता

मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ मा रहेको । भोटेकोशी पुलबाट आज एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । बाह्रबीसे – ८ बस्ने राम्चेका चित्रबहादुर खत्रीलाई खोलाले बगाएर बेपत्ता पारेको छ ।
घटनालगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बाह्रबीसेले खोजतलास शुरु गरेकामा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय बाह्रबीसेबाट करीब २ किमी पर छ ।