लुम्बिनी

सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

दाङ । चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा वृद्धि भएको तुलसीपुर बजारमा व्यापार गदै आएका व्यवसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढेको छ । धेरै रकम खर्चेर किनेको गहनाको चोरी हुने डर हुन्छ तर यस्ताखाले गहना किन्दा सस्तो पर्ने, हराए, चोरी भए पनि पीर नहुने हुँदा आफू यस्ताखाले गहन किन्न आएको बताउँछन्, तुलसीपुर उपमहानगरपालिका–१४ की अञ्जु धिताल ।

उनले भने, “सस्तो मूल्यमा आफूलाई जुन प्रकारको गहना लगाउने रहर छ त्यो पनि पाइने हुँदा खुशी लागेको छ ।” यतिबेला तुलसीपुर घोराही, लमही, भालुवाङलगायतका बजार क्षेत्रका गहना पसलमा उनी मात्र होइन उनीसँगै सो गाउँका थुपै्र महिला सुनको जलप लगाएका गहना किन्दै गरेको देख्न सकिन्छ । सोही ठाउँकी शान्ता चौधरीले भने, “सुनको मूल्य हालेर आफूजस्ता गरीब वर्गले कसरी गहना लगाउन सकिन्छ र १ जलप मात्र लगाएका गहना सस्तोमा पाइने हुँदा किन्न आएकी हुँ । यसले आफ्नो रहरसमेत पूरा गरिदिएको छ ।”