स्वास्थ्य

मिर्गौला पीडितलाई अर्थाभाव

लिस्बन । दुवै मिर्गौला खराब भई उपचार गराइरहेका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ ।

चालिसेको अर्थाभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक लाख २३ हजार सङ्कलन भएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिए। चालिसेको काठमाडौँको वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि पहल भइरहेको छ । उनको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरबलगायत देशमा सहयोग अभियान थालिएको छ । यसअघि समाजले उनको उपचारका लागि रु एक लाख सात हजार चालिसेको परिवारलाई हस्तान्तरण गरिसकेको छ ।