मनोरञ्जन

युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डको फाइनल मंसिर ३ गते राष्ट्रिय नाचघर जमलमा हुने छ । उत्कृष्ट पाँचसहित भोटिङ कोड पनि खुल्ला गरिएको कार्यक्रम निर्देशक रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अवार्डमा ७० प्रतिशत भोट र बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ ।
उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरुलाई असोज २४ गते कार्यक्रमका विच प्रमाणपत्र र मेडल प्रदान गर्ने कार्यक्रम संयोजक राज लुईटेल जानकारी दिए । सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।