सामाजिक सञ्जाल

सर्वेन्द्र खनाल हटाउदा रुक्माङ्गत कटुवाल काण्ड जस्तो नहोस – पूर्ब उपाध्यक्ष भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघका पूर्ब उपाध्यक्ष क्षितिज भण्डारीले आईजीपी सवेनद्र खनाललाई हटाउनु राम्रो नहुने धारणा राखेका छन् । काँग्रेस युवा नेता समेत रहेका भण्डारीले रुक्माङ्गत कटवाल प्रकरणलाई कोट्याउदै उक्त घटना नदोहोर्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
बिहीबारमात्र प्रधानमन्त्री ओलीको पार्टीको भातृसंस्था अखिलले आईजीपीको बिषयमा नकारात्मक कुरासहितको ज्ञापनपत्र बुझाएपछि आइजीपी खनाललाई सरकारले कारबाही गर्न सक्ने अनुमान सतहमा आएपछि युवा नेता भण्डारीको पनि बिचार आएको हो ।

उनको भनाई जस्ताको तस्तै, “जनताले नै सरकारको विकल्प खोज्दै गर्दा ध्यान अन्यत्र मोडन र आक्रोशलाई बिषयान्तर गर्न आई।जि। सर्वेन्द्र खनाललाई हटाउने खेल मा सुन तस्करको कमिसनको हल्ला छ । प्रन्या झै आईजी पनि बलजफ्ती हटाईए रुक्मांगद कटवाल प्रकरण दोहरिने संभावनाप्रती प्रम सचेत हुनुपर्छ ! किनकि प्रचण्डले मन्त्रीमण्डल फेरबदल हुन्छ भन्दै भारत, चीन भ्रमण गर्दा गृहमन्त्रीले सरकारको ढाल्ने षड्यन्त्र हुँदैछ भन्नु अनि प्रधानमन्त्रीले बिदेश बाट फर्किने बित्तिकै सरकार ५बर्ष टिक्छ भन्नू नै सरकार ढल्नु अघि रोदन र स्पष्टीकरण मात्र हो भन्ने जनताले सहजै बुझेका छन् ! स्मरण रहोस बिगतका हरेक सरकार प्रमुखले पनि सत्ता च्युतको अघिल्लो दिन सम्म आफ्नो सरकार ढल्दैन र बिकल्प छैन भनेर जगहसाईको इतिहास हामी सामु छर्लङ्ग छ ।”