सामाजिक सञ्जाल

ओलीको निर्देशन मान्ने बाहेक आफ्नो निर्णय गर्ने क्षमता नेकपाका साँसदसंग रहेनछः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले समितिहरुप्रति ईगित गर्दै साँस्दहरुको हैशियतमाथी नै प्रश्न चिन्ह खडा भएको दाबी गरेका छन् । समाचारमा आएका कुराहरुप्रति ध्यानाकर्षण भएको जनाउदै युवा नेता गुरुङले संचारमन्त्रीको हप्काहटबाट बिकास समितिले लेखेर पढ्न थालेको भन्दै सांसदहरु ल्याप्चेमात्र भएकोतिर संकेत गरेका हुन् । उनीहरुले आफ्ना कुरा राख्न खोज्दा संचारमनत्ती गोकुल बास्कोटाको गाली खाएपछि सबै संसदहरु निरिह हुनु नै त्यसको प्रमाण हुन सक्छ, नेता गुरुङको तर्क छ ।

नेता गुरुङले संसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन मान्ने बाहेक आफ्नो बिचार राख्ने हैशियत बाहेक बिकास समितिमा नभएको आशय छ ।  बिकास समिति लगायतमा नेकपा कै बाहुल्यता वा बहुमत भएकोले काँग्रेस काँसदहरु बोलेर पनि अर्थ नहुने हुंदा नेकपाका साँसदहरुतिर नेता गुरुङको भनाई तेर्सिएको हुनुपर्छ ।  नेता गुरुङको आफ्नै भाषा,

संचार मन्त्रीले हप्काए पछि विकास समितिले लेखेर पढ्न थालिसकेको निर्णय उल्टाएर मन्त्रीले भने बमोजिम निर्णय गरेको समाचार पढें। यदि समाचार सत्य हो भने माननीय सांसदहरुको हैसियत माथी नै प्रश्न चिन्ह लाग्छ। कठै मेरो देशका माननीय सांसदहरु !