खेलकुद

साफ यु–१८महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा आज सेमिफाइनलका दुवै खेल हुदैछ । पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतसँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो ३ः१५ बजेपछि खेल शुरु हुनेछ । नेपालले भारतलाई पराजित गर्दै च्याम्पियनसिपको फाइनमा पुग्ने लक्ष्यमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै टिमका लक्ष्य उपाधि जित्ने रहेको बताएका थिए । तर, भारतविरुद्धको खेल नेपाललाई निकै गाह्रो हुनेछ ।

यता, भारत पनि नेपालाई सहजै पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाल समूह ‘बी’ को उपविजेता बनेपछि सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । भारत समूह ‘ए’ को विजेता हो ।

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि १२–० को सहज जित निकाल्दा बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
शुक्रबारै आयोजक भुटानले उपाधिको प्रवल दावेदार बंगलादेशसँग साँझ ६ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।