पत्रपत्रिका

कर्मचारी समायोजन दसैंअघि नै थाल्न गृहकार्य

काठमाडौं। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सेवा ऐनविना नै सरकारले कर्मचारी समायोजन प्रक्रियाको गृहकार्य अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनको दफा ६ को उपदफा ५ लाई टेकेर समायोजन थाल्नेबारे छलफल अघि बढाएको हो।

संसद अधिवेशन बन्द भएको र अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउन नसक्ने अवस्थामा मन्त्रालयले त्यस्तो विकल्पमा छलफल थालेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले ऐन बन्न नसकेको अवस्थामा कर्मचारी समायोजनको आधार खोजी भएको बताए। उनले समायोजनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए।

मन्त्रालयले उपर्युक्त आधार भेटिए दसैंअघि नै प्रदेश रस्थानीय तह रोजेर समायोजन हुने चाहने कर्मचारीका लागि सूचना प्रकाशित गर्ने मनस्थिति बनाएको छ।

त्यसअघि समायोजनसँग सम्बन्धित कानुनको अध्ययन र समायोजनप्रति आकर्षित गर्न मन्त्रालयले विभिन्न प्योकेजबारे छलफल चलाएको छ।