पत्रपत्रिका

सञ्चारमन्त्रीको हप्कीदप्की, निर्णय नै पूरा पढिएन

काठमाडौं । संसद्को विकास समितिकी सभापति कल्याणीकुमारी खडकाले बिहीबार बैठकको निर्णय सुनाउन सुरु के गरेकी थिइन्, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा एक्कासि कड्किए । उनी आक्रोशित हुनुको कारण थियो– टेलिकमको प्रबन्ध निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न समितिको निर्देशन ।

खड्काले लिखित पहिलो निर्णयमा उल्लेख भएको ‘नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न’ भन्ने वाक्य मात्रै के बोलेकी थिइन्, मन्त्री बाँस्कोटाले सभापतिमाथि नै हप्कीदप्की सुरु गरे ।

‘एकछिन सभापतिज्यू † यसमा मेरो अब्जेक्सन छ, विषयवस्तुको छलफल एउटा, निर्देशन अर्को रु यो निर्णय कसले लेख्छ रु’ उनले भने, ‘हामी एमडीको नियुक्ति खुला प्रतिपस्र्धाबाट नै गर्छौं ।’ समिति सभापतिप्रति मन्त्रीको यो व्यवहार देखेर विकास समिति बैठकमा सहभागी सांसदहरू ट्वाल्लै परे । सभाहलमा एकछिन शून्यता छायो ।

मिनिसंसद् मानिने समितिकै सभापतिलाई मन्त्रीले हस्तक्षेप गर्नु संसदीय अभ्यासको मर्यादाविपरीत हो । संसद्मा सभामुखजत्तिकै समितिमा सभापतिको हैसियत हुन्छ । सभाहलमा भएका सांसदहरूले केही बोल्नै सकेनन् । सभापतिले बोलिरहेका बेला बोल्नु संसदीय अभ्यासको मर्यादाविपरीत हुने उनीहरूले राम्ररी बुझेका थिए ।

निर्देशन पढिरहँदा मन्त्रीले हस्तक्षेप गरेपछि सभापति खड्का निर्णय पढ्न नै लरबराइन् । लिखित निर्णयसमेत पढ्न सकिनन् । मन्त्रीले बीचैमा हप्कीदप्की गरेपछि पूरा निर्णय नपढी अर्को निर्णय मौखिक रूपमा सुनाउन थालिन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।