पत्रपत्रिका

चिनीको मूल्य ६३ रुपैँया राख्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिकेजी चिनीमा ६३ रुपैँया कायम गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढी नहुने गरी व्यवसायी र सरकारबीच भएको सहमती कार्यान्वयन गर्न संसदको सार्वजनिक लेखा समितिले मन्त्रालयलाई निर्देशन हो ।

चिनी उद्योगी र सरकार बिच गत ३१ भदौ चिनीको उद्योग मूल्य ५३ रुपैयाँ र उपभोक्ता मूल्य ६३ रुपैयाँ कायम गर्ने सहमति भएको थियो । उद्योगीहरुले नेपाली चिनी उद्योगलाई सहयोग गर्न भन्दै चिनी आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई आग्रह गरेका थिए ।

सोहि आग्रहमा सरकारले गत ३१ भदौमा चालू आवमा एक लाख टनमात्र चिनी आयात गर्न दिने निर्णय गरेको थियो । राजधानी दैनिकमा खबर छापिएको छ ।