प्रदेश 2

अर्बपति बिनोद चौधरीको आत्मकथा प्रदेश २ मा

काठमाण्डौ । नेपालका चर्चित अर्बपति उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकासन भएको छ । आफनै संघर्षले सन्सारका अर्बपतिहरुको सूचिमा पर्न सफल नेपाली उद्यमी चौधरीको आत्मकथा नेपाली , हिन्दी , अंग्रेजि, रसिया र सर्बियन भासामा प्रकाशन भैसकेको छ ।

उनका आत्मकथा पढने जेकोहि पनि उत्साहित हुने गरेका छन । नेपालवाट २०३४ सालमा बिराटनगरको पशुपति मैदामिलवाट आफ्नै पुख्र्यौली ब्यबसायको नेतृत्व गरेर अर्बपति बन्न सफल चौधरीको ब्यापार बिभिन्न देशमा फैलिदो छ । उनको आत्मकथा पछिल्लो पटक प्रदेश नम्बर २ का हरेक पुस्तक पसलमा पाइने ब्यबस्था मिलाइएको छ ।

नेपालको सबै भन्दा धेरै बिक्री भएको पुस्तक त्यहाका पाठकलाई लक्षित गरेर प्रकासकले बजारमा लगेका हुन् । अत्यन्त उत्साहजनक र पढनथालेपछि छोडनै मन नलाग्ने पुस्तक हरेककालागि उपयोगि रहेको प्रबुद्ध पाठकहरुको प्रतिकृया रहेको छ ।

प्रदेश नम्बर २ को वीरगंज, जनकपुर , कलैया , गौर , जलेश्वर , लाहान , राजबिराज , चन्द्रनिगाहपुर लगायतका बजारमा रहेका मुख्य पुस्तक पसलमा आत्मकथा बिक्रीको ब्यबस्था मिलाइएको छ । हिन्दी भाषिहरुको बाहुल्यता रहेको प्रदेश २ मा त्यहाका पाठकलाई लक्षित गरेर पुस्तक बजारमा लगिएको हो ।