गण्डकी प्रदेश

बसको ठक्करले एक बालकको मृत्यु

दमौली । तनहुँमा आज बसको ठक्करले एक बालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट लमजुङको बेंसीशहर जाँदै गरेको ना ३ख ४५३४ नंको यात्रुवाहक बसको ठक्करबाट भानु नगरपालिका–२ भन्सारमा साइकलमा सवार १२ वर्षीय कुमार पोख्रेलको मृत्यु भएको हो ।
घरबाट खेल्न जाने क्रममा साइकलमा आइरहेका पोख्रेलकोे बसको ठक्करले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।