सूचना प्रविधि

स्वतन्त्रता छ भन्दैँमा पत्रकारले मनपरी लेख्न मिल्छ भन्दैँ यसरी जंगिए सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकारविरुद्ध खनिएका छन् । प्रतिनिधिसभाको विकास समितिको बिहिबारको बैठकमा उनले सरकारले गरेका जनपक्षीय निर्णयलाई खिसिटिउरी गरेका भन्दैँ केही पत्रकार र मिडियाप्रति रोस प्रकट गरेका हुन् ।

पछिल्लो समय व्यक्तीको चरित्र हत्या गर्ने शैली बढेको र नकारात्मक समाचारलाई उचालिएको आरोप मन्त्री बाँस्कोटाले मिडिया र सञ्चारकर्मीलाई लगाएका छन् । अरुले दुःख पाएको लेख्ने पत्रकारले आफूले दुःख पाएको कुरा लेख्न नसकेको मन्त्री बाँस्कोटाको जिकिर थियो ।

लोकतन्त्र र स्वतन्त्रता छ भन्दैँ मनलाग्दी लेख्न र गर्न नपाईने बताउदैँ उनले पोर्न साईट बन्द गर्ने निर्णय गर्दा समेत केही मूलधारका मिडियाले विरोध गरेका जनाए । पोर्न साईट बन्द गर्दा ठूला भनिएका मिडियाले अब श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रने भनि समाचार लेखेको भन्दैँ मन्त्री बाँस्कोटाले आक्रोश पोखे । मन्त्री बास्कोटाले आफूले १६ हजार पोर्न साईट माथि प्रतिबन्ध लगाएको बताए ।

सरकारका राम्रा कामको कुनै मिडियाले मतलव नगरेको भन्दैँ आफू आएपछि भएको र हुने क्रममा रहेको प्रगतिबारे चर्चा गरे । उनले पछिल्लो ३ महिनामा सर्वसुलभ ईन्टरनेट उपलब्ध गराउन देशभर २४० टावर बनेका बताए ।

इन्टरनेटको सुविधा पुग्न बाँकी ६९ गाउँपालिकामा यसै बर्षभित्र सेवा पुग्ने उनले बताए । वर्तमान सरकारले राम्रा राम्रा कामको थालनी गरेको भन्दैँ त्यस्ता कामहरु पत्रकारहरुले उजागर गर्नुपर्ने बताए ।