प्रदेश 1

सन्थाल समुदायका बालबालिकालाई सहयोग

भद्रपुर । सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज वीरता जेसिजले विद्यालय पोशाक, झोलालगायत सामग्री सहयोग प्रदान गरेको छ ।

सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच वृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसिजले ती सामग्री प्रदान गरेको जेसिजका अध्यक्ष एकराज गिरीले बताए। सन्थाल बालबालिकाको निवास परिसर बिर्तामोड–१ मा भएको कार्यक्रममा सामग्री पाउने बालबालिका र तिनका अभिभावक खुशी भएका छन् । उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम (कक्षा ९), पवन बास्के (कक्षा ७), सिद्धान्त वेस्रा (कक्षा १), निशा हेमरम (कक्षा ७), बिनु हस्दा (कक्षा ७), निशान हेमरम (कक्षा ५), प्रवीन बास्के (कक्षा ५) र सन्ध्या बेस्रा (कक्षा–५) छन् ।