आर्थिक

शेयरधनिलाई झड्का

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८२ बिन्दुले घटेर २६०.२४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगसँगै कारोवार रकमसमेत घटेको छ । कूल १६५ कम्पनीको १५ लाख ८२ हजार ५५८ कित्ता शेयर रु ४२ करोड ८६ लाख ४४ हजार ६०६ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयरको मूल्य बढेको छ भने आठ उपसमूहको शेयरको मूल्य भने घटेको छ । व्यापार १.६९, वित्त १.३६ र जीवन बीमा ०.५५ बिन्दुले बढ्ता बैंकिङ २ं८६, होटल २६.६९, विकास बैंक ४.०८, जलविद्युत् १.०९, निर्जीवन बीमा १४.३, उत्पादन ६.२५, अन्य ०.७८ र माइक्रो फाइनान्स ११ं२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नाडेप लघुवित्त वित्तीय संस्था र प्रोग्रसिभ फाइनान्स लिमिटेड, समता माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । मल्टीपर्पोज फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र मेरो माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले आज गुमाएका छन् ।