**गजल**
आउन सकिनं आमा यसपाली दशैँमा
हुने भो परदेशमै निधार खाली दशैँमा
*****************************
सम्झेछु बाजे र बाले दिने आशिषहरु
भरिन्थ्यौ जमरा,टिकाले थाली दशैँमा
*****************************
दुखियालाई सम्झि दिने को छ र यहाँ
भो नरोए आमा आँसु सम्हाली दशैँमा
*****************************
यसपाली आईएनं अर्को साल आउँछु
बस्नु सन्तुष्ट भई खुशी संगाली दशैँमा
*****************************
विजयोत्सवको पर्व हो आमा बडा दशैँ
गर्व गर्नुस् जिते झैँ शिर उचाली दशैँमा
-गम बयम्बु मगर “अर्पण”
निस्दी-६ अर्चले,पाल्पा
-लोकप्रिय सामाजिक सञ्जाल फेसबुकबाट