आर्थिक

आइएमई पे र बससेवा ट्रावल एण्ड टुर बीच सम्झौता

काठमाडौँ । बससेवा ट्रावल एण्ड टुर अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आउनुभएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन् ।

यस व्यवस्था सँगै नजीकदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्रावल एण्ड टुर का तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरेका छन् ।