आर्थिक

शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण

काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादककम्पनीशिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तर दायित्वअन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेट अनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामनाका सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो ।

उक्त कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फबाट सिनियर ब्राड म्यानेजर केशवअर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेका थिए ।

आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस्ले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

सोहीक्रमको निरन्तरता स्वरुप विजया दशमीको अवसर पारी शिवम सिमेन्टस्ले उक्त चालक ज्याकेट हस्तान्तरण गरेको थियो । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट हो ।