सुदूरपश्चिम

प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम राखिनु राष्ट्रघातीः कांग्रेस नेता बलायर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विर बहादुर बलयार प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम राख्नु राष्ट्रघाती भएको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै नेता बलायरले प्रदेशको नाम हेपिने शब्दमा राखेको टिप्पणी गरेका हुन् ।

सुदूर भन्ने शब्दले नै हेपिने गरिकामा अहिलेको प्रदेश सरकारले यसलाई दूर्भाग्यपूर्ण भएको बताए । उनले भने, ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ साथै कला संस्कृतिको धरोहरको रुपमा रहेको प्रदेशको नाम सुदूर राखेर प्राकृतिक सांस्कतिक कुराको अवमूल्य गरेको छ ।’

यस्त,ै निर्मला हत्या प्रकरणमा बोल्दैँ नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई राम्ररी थाहा भएको ठोकुवा गरेका छन् । उनले निर्मला पन्तको बलात्कार र बलात्कार पछि हत्या कसले गरेको हो भन्ने कुरा रोशनी बम र बबिता बमलाई जानकारी रहेको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् ।