राजनीति

आईजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अखिल र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजिनामा मागेका छन् । बिहिबार गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउदैँ महानिरीक्षक खनालको राजिना मागेका हुन् ।

पुगेर अखिलकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी का अध्यक्ष रञ्जित तामाङ्द्धारा हस्तारक्षरित ज्ञापनपत्रमा महानिरीक्षक खनाललाई बर्खास्त गर्न भनिएको छ । गृहमन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाउँदैँ नेकपाका भातृ संगठनले सिगो प्रहरी संरचना चुस्त दुरुस्त बनाउन नसकेको र जनतालाई सुरक्षाको पत्याभूति गराउन नसकेको भन्दैँ महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गरिनुपर्ने माग गरेका छन् ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्नेमाथि अनुसन्धान केन्द्रीत गर्न समेत माग गरिएको छ । साथै, अखिलले निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन गठित छानविन समितिले तयार पारेको प्रतिवेदनको निष्कर्ष तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।

पछिल्लो समय घटिरहेका एसिड प्रहार जस्ता जघन्य अपराधमा संलग्न दोषिलाई कारवाही दायरामा ल्याउनुपर्ने माग गर्दै बढाईएको महंगी र बढाईएको गाडी भाडा फिर्ता गर्न समेत गृहमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।