आर्थिक

सिटी एक्सप्रेसको “निःशुल्क बस सेवा” सुरु

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७दिने “निःशुल्क बस सेवा”सुरु गरेको छ ।

यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल बाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो ।

उक्तउद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडलसिजन २ का ११ जनाटप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटि यो सेवा सुरु गरिएको छ ।