राजनीति

संस्कृत क्षेत्रमा नेविसंघको संगठन सुदृढीकरण अभियान सुरु

काठमाडौँ । नेपाल विद्यार्थी संघको संस्कृत छात्र परिषद्ले नेपाल भरि संस्कृत क्षेत्रको संगठन सुदृढीकरण अभियान सुभारम्भ गरेको छ ।वाल्मीकि विद्यापीठका पूर्व स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री विष्णु पन्थीको प्रमुखातिथ्यमा सम्पन्न भएको सुभारम्भ कार्यक्रममा पन्थीले जयतु संस्कृतम् आन्दोलनको बलमा स्थापना भएको नेविसंघको नेतृत्व संस्कृत क्षेत्रमा जानुपर्ने कुरा स्पष्ट पार्दै ,अब संगठन सुदृढीकरण गर्दै देशव्यापी अभियानमा होमिनलागेको कुरा खुसी व्यक्त गर्दै शुभकामना दिए ।

कार्यक्रममा संस्कृत छात्र परिषद्का अध्यक्ष सुशान्त आचार्यले संस्कृत क्षेत्रको कम्जोर संगठनलाई सुदृढीकरण गर्दै बलियो नेविसंघ अभियानमा होमिन लागेको स्पष्ट पारे ।कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य लक्ष्मण पन्थीले संस्कृत क्षेतले नेविसंघको नेतृत्व लिने समय आएको बताए ।कार्यक्रममानै विद्यार्थी नेता महेश्वर पौडेल नेविसंघभित्र संस्कृत रुपी डढेलो लगाएर संगठनमा कटिबद्ध हुन आह्वान गरे ।

स्वागत मन्तव्य दिएका संस्कृत छात्र परिषद्का सचिव बाबुराम अधिकारीले कार्यक्रम बारे प्रकाश पारेका थिए ।कार्यक्रममा नेविसंघका नेताहरु सूर्य अर्याल ,मच्छिन्द्र आचार्य, नरेश जोशी प्रयाग उपाध्याय,लगायतले आफ्नो धारणा राखेका थिए ।