मनोरञ्जन

पुष्कल शर्मा र अनुशा क्षेत्रीको स्वरमा रहेको ‘पिरतीको माला’ बजारमा (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयमा ब्यापक चर्चामा आएका गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’ बजारमा आएको छ । प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।

अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको मौलिक लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ  ।