पु.समाचार

निर्णय गरेकै राती यस्तो भएपछि निर्णय फिर्ता !

काठमाडौं । काठमाडौँ उपत्यकाका ट्रिपर सञ्चालनको समायवधि बढाउने निर्णय गरेकै दिन दुर्घटना भएपछि प्रशासनले निर्णय फिर्ता लिएको छ । बुधबार बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म चलाउने गरी ट्रिपर सञ्चालन गर्न दिइने भनि निर्णय गरेकै दिन भक्तपुरको पाण्डोबजारमा दुर्घटना भएपछि प्रशासनले उक्त निर्णय फिर्ता लिएको हो ।

निर्णय फिर्ता भएपछि अब साउन ४ गतेकै निर्णय अनुसार ट्रिपर सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्व्य समितिको बैठकले ट्रिपर सञ्चालनका लागि १ घण्टाको समय थपेको थियो । ट्राफिक प्रहरी महाशाखाले सबै ट्रिपर सञ्चालकलाई राती ८ बजेदेखि बिहान ५ बजेसम्म ट्रिपर सञ्चालन गर्ने भन्ने निर्णयको पालना गर्न आग्रह गरेको छ ।