खेलकुद

ताहिरको ह्याट्रिकमा साउथ अफ्रिका विजयी

काठमाडौँ । इमरान ताहिरले ह्याट्रिक सहित एक्लै ६ विकेट र डेल स्टेनको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा जिम्बावेविरुद्धको दोस्रो वान डे खेलमा साउथ अफ्रिका १ सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । दोस्रो वान डे विजयी भएसँगै अफ्रिका ३ वान डेको शृंखला एक खेल अगाडीनै २-० ले जितेको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पक्ष्याएको जिम्बावेले २४ ओभरमा अल आउट हुँदै मात्र ७८ रन बनाउन सक्यो । उस्का लागि कप्तान ह्यामिल्टन मासाकाड्जाले २७,डोनाल्ड तिरिपानो १२ र ब्यान्डम टेलर ले १० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् ।

अफ्रिकाकालागि इमरान ताहिरले ह्याट्रिकसहित ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ६ विकेट लिए । त्यस्तै स्टेनले पनि दुई विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अफ्रिकाले ४७ ओभर ३ बलमा अल आउट हुँदै १ सय ९८ रन बनाएको थियो । अफ्रिकाको लागि डेल स्टेनले ८५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाएका थिए । त्यस्तै एडेन मार्क्रमले ३५, खया जोन्डो २१, क्रिस्टियान जोकर २५ र एन्डिल फेहेलुकवेओले २८ रन बनाए ।

जिम्बावेका लागि तेन्दाई चतुरा ३,काइल जार्विस, डोनाल्ड तिरिपानो र ब्रेन्डन मावुताले समान दुइ विकेट लिए । तेस्रो वान डे खेल शनिबार हुनेछ ।