उर्जा

सोलार परियोजना : दुई वर्षमा ४५ सर्वे अनुमति

काठमाडौं । विद्युत् विकास विभागले २ वर्षको अवधिमा कुल ४५ ओटा सोलार परियोजनाका सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । विभागले २०७३ असोज १४ देखि ग्रीड कनेक्टेड सोलार पावर परियोजना सञ्चालनका लागि अनुमति दिन थालेको हो ।

विभागको तथ्याङ्कअनुसार ती परियोजनाअन्तर्गत कुल २ सय ३७ दशमलव ७४ मेगावाट (मेवा) विद्युत् उत्पादन हुनेछ । विभागले जारी गरेका सर्वेक्षण अनुमतिपत्रमा शून्य दशमलव ५ मेवादेखि २० मेवासम्म क्षमताका परियोजनाहरू छन् । तीमध्ये विद्युत् उत्पादनका लागि अनुमतिपत्र भने शून्य दशमलव ९६ मेवाको विष्णुप्रिया सोलार फार्म प्रोजेक्ट ९नवलपरासी०ले मात्रै लिएको छ । त्यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उत्पादन गरेको ६ सय ८० दशमलव ४ किलोवाट विद्युत् ग्रीडमा जोडिएको छ ।

हाल विद्युत् प्राधिकरणले अघि बढाएको २५ मेवाको सोलार परियोजना त्रिशूलीमा निर्माणाधीन छ । विभागले उत्पादन अनुमतिपत्र जारी गर्नुअघि नै प्रवद्र्धकले प्रारम्भिक वातावरणीय परीक्षण, वित्तीय व्यवस्थापन, विद्युत् खरीद सम्झौता (पीपीए)लगायत सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नुपर्छ । यसले गर्दा पनि कतिपय आयोजना उत्पादन अनुमतिपत्र लिने क्रममै रहेका छन् ।