बाग्मती

चोरीको सामानसहित एक जना पक्राउ

भक्तपुर । चाँगुनारायण नपा–९ ताथली बस्ने हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्नेलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

सो अभियोगमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

पक्राउ परेका सुकमनीको साथबाट प्रहरीले रु ६५ हजार ४००, करीब रु एक लाख मूल्य बराबरको सुनका सात तोला गहना, आइप्याड र मोबाइल बरामद भएको र यसबारे थप अनुसन्धान गरी आज मुद्दा चलाइने उनले बताए ।