सुदूरपश्चिम

नाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

डोटी । सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना रु एक हजार ५०० प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताए । उनले भने, “गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई पढाउने निर्णय गरेका छौँ ।” सो भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने भएको छ ।

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार साठी वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना रु ५०० भत्ता दिने दिइने भएको छ ।

एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, “एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हौँ, यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।”