विचित्र संसार

नियमित केरा खाँदा छोरो जन्मन्छ !

काठमाण्डौं । कतिपय पुराना भनाइहरुलाई बिज्ञले पनि सत्य सावित गर्दै आएका छन् । हामीले सुन्दै आएका कुराहरु जस्तै – खुर्सानी ओसिएमा पानी पर्छ । भ्यागुती चलाए छाला चिलाउँछ । गर्भवतीले टन्न केरा खाए छोरो जन्मन्छ । दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि । यी मध्ये केहीमा सत्यता रहेको बिज्ञहरुले समेत प्रमाणित गरेकाछन् ।

अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले बर्षौदेखि मानिदै आएको अन्धबिश्वासलाई तोड्ने नियतले एक समूह बनाई अध्ययन गरेका थिए र नतिजामा उनीहरुले के पाए भने अधिकांस अवस्थामा धेरै केरा खाँदा छोरा नै हुन्छ ।

यसको लागि उनीहरुले ७ सय ४० गर्भवती महिलाहरुलाई सहभागी गराएका थिए । सहभागीहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए । उनीहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको छोरी भएको थियो ।

अनुसन्धानकर्ताहरु के बिश्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ । जसले लिङ्गको लम्बाइ बढाउन मदत गर्छ । तर उनीहरु यो पनि बिश्वास गर्छन् कि केरा खाँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ । सम्भावना बढी हुने भएकाले नै हुनसक्छ, केरा खाँदा छोरा जन्मिन्छ भनिएको ।

त्यस्तै यदी महिला गर्भवती हुँदा छातीमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसंधानले पुष्टि गरिसकेको छ । – एजेन्सी