बाग्मती

नख्खु जेलबाट कैदीलाई कसले भगायो ?

काठमाडौँं । बुधबार बिहान नख्खु जेलबाट भागेका बेलायती कैदीबन्दी मुकदुर हुसेन त्यसको केही घण्टाभित्र फेरि समातिएका छन् । ८७ सशस्त्र प्रहरी र २७ नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको उक्त जेलबाट बैखी हुसेन फरार भएका थिए ।

ओभर स्टेवापत जेल सजाय भोगिरहेका उनी भाग्दा जेलमा रहेका कर्मचारी र प्रहरीबीच खैलाबैला मच्चिएको थियो । २०७४ जेठदेखि थुनामा रहेका यी कैदी गत जेठ २२ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट सरुवा भएर नख्खु पुगेका उनलाई भागेको केही घण्टा नबित्दैँ ललितपुुर प्रहरी परिसरबाट खटिएको टोलिले नियन्त्रणमा लिएको थियो ।

तर प्रश्न यो उठेको छ कि त्यस्तो कडा सुरक्षाका बीच उनी कसरी भागे अथवा उनलाई कसले भगायो ?