आर्थिक

टिभीएस रेसि स्टन्ट टिमले दर्शकहरुको मन लोभ्यायो

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ। टी भीएस रेसि स्टन्ट टोलीद्वारा उत्शाहजनक र मनोरन्जनात्मक ढङ्गले सम्पन्न भएको छ । मध्य काठमाडौ स्थित बग्गीखानामा सम्पन्न विश्व प्रख्यात दुइ तथा तिनपाङ्ग्रे सवारी उत्पादकटी भीएस मोटर कम्पनीद्वारा पहिलो पटक दुइ अन्र्तरास्ट्रिय अपाचे प्रो परफरमेन्स (एपीपी) को आयोजना भएको थियो ।

यही असोज १२ गते बग्गीखानामा पहिलो दिनको समारोह आयोजन भएको थियो भने त्यसै दिनको भोलि पल्ट असोज १३ गते दोस्रो समारोह किर्तिपुरमाआयोजनाभएको थियो्र टीभीएस मोटर कम्पनीको “थ्रीमिलियनअपाचे अन रोड“ अर्थात् ३० लाख सवारी सक्रिय रहेको खुसियालीमा यो उत्सव मनाइएको हो । यस स्टन्ट कार्यक्रमले टी भी एस अपाचे प्रिमियम मोटरसाइकलको लागि महत्वपुर्ण आयाम थपेको थियो ।

“रेसिड्ड डि एनए अनलिज्ड“ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा टीभीएस रेसि–स्टन्ट इंडियाको चर्चित स्टन्ट टोली स्टील साइलेन्सर्ज द्वारा प्रदर्शन गरिएको थियो ।

आफ्नो स्टन्ट कला देखाउदै यस टोलिले निकै मनोरन्जनात्मक प्रदर्शनी गरेको थियो ।