गण्डकी प्रदेश

गुनाकुमारी गुरुङलाई नागरिकता पाउन लाग्यो पचपन्न वर्षमा

बेँसीशहर । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गरे। सानैमा विवाह गरेकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिएकी छिन् ।

दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएकी भएको थिइनँ। “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उनले भनिन् । उनको २०३८ सालमा विवाह भएको हो । विसं २०५३ देखि उनका श्रीमान वेपत्ता भएका थिए । “मसँग विवाह दर्ता र नागरिकता थिएन । मेरो त जिन्दगी सकियो । दुई छोरा छन् । उनीहरुको जिन्दगी मैले गर्दा अन्धकारमा बित्यो । आजदेखि छोराको भविष्यको ढोका खुल्यो,” नागरिकता प्राप्त गरेपछि गुरुङले भनिन् ।

गुुरुङका जेठो छोरा २४ वर्ष तथा कान्छा छोरा २१ वर्षका छन् । उनीहरुले नागरिकता नहुँदा केही गर्न सकेका थिएनन् । गुरुङका ८३ वर्षीय बुबा कुलबहादुर गुरुङ छोरीले नागरिकता पाएपछि औधी खुशी छन् । बेलायती सेनाबाट सेवानिवृत्त उनले भने, “छोरी र नातिको पीर थियो, अब एकमुठ्ठी सास सजिलै जानेभयो ।” प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुरुङलाई नागरिकता प्रदान गरेका हुन् ।