उर्जा

तेह्रथुम पावर कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । तेह्रथुम पावर कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध संचालक मोहनकुमार डाँगी र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रवन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी रु.४० करोड, जारी पूँजी रु.४० करोड र चुक्ता पूँजी रु.२८ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.४० करोड हुनेछ ।

तेह्रथुम पावर कम्पनीले तेह्रथुम जिल्लाका साविक मोराहाड्ड, श्रीजुड्ड, पौठाक र ओयाक्जुड्ड गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूड्डा खोला साना जलबिद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । हालसम्मको समग्र कार्य प्रगति हेर्दा ५५∞ काम सम्पन्न भएको छ ।