पु.समाचार

झण्डैँ ३ सय किलो गाजासहित ठकुरी प्रहरी फन्दामा

काठमाडौं । झण्डैँ ३ सय किलो गाजासहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका ०७ रमनटारस्थित लोकमार्गबाट मंगलबार ३८ बर्षीय प्रल्हाद ठकुरी लाई नियन्त्रणमा लिईएको हो ।

प्रहरी चालक समेत रहेका ठकुरीलाई २९५ किलो गाजा लुकाई छिपाई भारततर्फ लैजादैँ गरेको अवस्थामा चितवनबाट समातिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार अवैध लागू औषध गाजा चितवन र मकवानपुरका विभिन्न स्थानहरुमा उत्पादन हुदैँ आएको पाईएको छ ।

चितवनबाट हेटौडातर्फ आउदैँ गरेको ना ४ ख ३९६९ नम्बरको इन्धन बोक्ने ट्याङ्करलाई चेकजाँच गर्दा ४५ लाख बराबार पर्ने गाजा बरामद गरिएको थियो । पक्राउ परेका ठकुरीमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भईरहेको छ ।