मनोरञ्जन

सिटिएफ फ्रेसर फेसन नाईट फेसन सो हुदै

काठमाडौँ : सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको “सिटिएफ फ्रेसर फेसन नाईट” फेसन सो हुने भएको छ l उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ l

दशैँ र तिहार बीच कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ भने यस फेशन शोमा सेलेब्रेटी मोडल/नायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक एलिशा अग्रवालले गराएकी छिन l  उक्त फेसन सोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने भएको छ l

फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा फ्री ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र,म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन l  प्रतियोगीहरुले विश्वमा फेसनको कस्तो ट्रेण्ड चलिरहेको छ भन्ने पनि थाहा पाउँछन् भने अरूबाट आफूले सिक्ने र आफ्ना चिज अरूलाई देखाउने प्लाटफर्म बन्न सक्छ यो कार्यक्रम ।

एलिशा अग्रवालको संयोजन र नबिन न्यौपानेको कोरियोग्राफीमा गर्न लागेको उक्त फेशन शोमा १६ बर्ष देखी २२ बर्ष सम्मका युवा युवती मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिने जानकारी आयोजकले गराएका छन् l