आर्थिक

ग्लोबल आइएमई बैंक र चन्द्रागिरिहिल्स बीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरिहिल्स बीच आश्विन १६ गते चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरिहिल्सका महाप्रबन्धक अभिषेक विक्रमशाहले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

काठमाण्डौको थानकोटमा रहेको पर्यटकिय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिन प्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।