पु.समाचार

निर्मलाको बलात्कारी पत्ता लगाउन नसक्ने ओली सरकारका आईजीपी भन्छन्ः नेपाल प्रहरी विश्वकै उत्कृष्ट

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको क्षमता अतुलनिय रहेको बताएका छन् । नवनिर्मित जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटन गर्न सोलुखुम्बु पुगेका आईजिपी खनालले नेपाल प्रहरीले आफ्नो क्षमता प्रयोग गर्न सके विश्वकै उत्कृष्ट बन्न सक्ने बताएका छन् ।

‘नेपाल प्रहरीको विश्वकै नामी र उत्कृष्ट बन्न सक्छ, महानिरीक्षक खनालले भने, पछिल्लो समय केही प्रहरीको ईमान्दारीता र आचरणमा खराबीपन देखिएको छ, नेपाल प्रहरीले यस्तो आचरण सुधार्नुको विकल्प छैन् ।’

प्रहरी राष्ट्र र राष्ट्रभित्र बसोबास गर्ने मानिसहरुको सेवक भएकाले खटिएर सेवामा समर्पित हुनुपर्ने बताए । पछिल्लो समय प्रहरीको संगठनभित्रै सुशासनको कमि भएको औँल्याउदैँ महानिरीक्षक खनालले कर्मचारीहरुले नियमावलीले निर्दिष्ट गरेको बाटो कडाईका साथ पालना गर्नुपर्ने बताए ।

मुलुकको नयाँ संघीय संरचनासँगै प्रहरीबाट अपेक्षा गरिएको जिम्मेवारीको डटेर पालना गर्न उनले सबै प्रहरीलाई सुझाएका छन् ।

१३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डैँ तीन महिना बित्न लाग्दा सम्म झण्डैँ आधा दर्जन समितिहरु बनाएर अनुसन्धान गरेपनि अपराधीको छेउसम्म पनि पुग्न नसकेको नेपाल प्रहरी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली जनताले उत्कृष्ट पदवी देलान नदेलान त्यो भिन्नै बिषय भएपनि आईजिपी खनालले प्रहरीलाई उत्कृष्ट मान्नु लज्जास्पद हुने तर्क गर्दा अन्यथा नहोला ।