मनोरञ्जन

मोडलिङ तथा कलाकारितामा भबिष्य खोज्दैँ मोडल सिता ज्योति !

काठमाडौँ । मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम हो सिता ज्योति । दैनिक सयौ युवा युवतीहरु मोडलिङलाइ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्द हुदै गएका छन ।

दैनिक हजारौ मानिसहरु आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल सिता ज्योति अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

नृत्य र अभिनयमा पोख्त सिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । सिन्धुपाल्चोक जिल्ला जन्मथलो भएकी सिता ज्योति परिवार सहित काठमाडौँको जोरपाटीमा बसोबास गर्दै आएकी छिन । सधै हासीरहने शालीन स्वभाबकि नब मोडल सिता यदि कसै बाट राम्रो म्युजिक भिडियो, एड तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन िसानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने उनि अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन ।

उनले भर्खरै सम्पन्न भएको मिस हेरिटेज क्विनमा समेत प्रतिश्प्रधा गरेकी थिइन् र मस्ट डिसिप्लिनको उपाधि समेत जित्न सफल भएकी थिइन् साथै र्याम्प सो हरुमा समेत सहभागिता जनाइसकेकी छिन । नब मोडल सीताले भन्छिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन्। बिशेष गरि आफ्नो भिनाजु नबराज खतिवडाको तथा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी सिता भविष्यमा एक सफल आर्जे भिजे तथा मोडल बन्न चाहन्छिन ।