अन्तर्राष्ट्रिय

किन भारतलाई ‘व्यंग्य’ गर्दै ट्रम्पले ‘ट्यारिफ किँग’ भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकासँग तत्काल व्यापार वार्ता गर्न उत्सुक भएको बताएका छन्।

भारतलाई ट्यारिफ किंग अर्थात विदेशी आयातमा चर्को कर लगाउने देशको संज्ञा दिँदै उनले भारतीय अधिकारीहरू उनलाई खुशी पार्न चाँडै व्यापार वार्ता गर्न इच्छुक भएको बताए।

उनको भनाइबारे दिल्लीले प्रतिक्रिया जनाइसकेको छैन।

किन ?
आफूले पनि भारत तुरुन्तै अमेरिकासँग वार्ता गरोस् भन्ने चाहेको ट्रम्पले बताए।

उनले अमेरिकी मोटरसाइकल हार्ले डेविडसनको उदाहरण दिँदै भारतले तिनको आयातमा शतप्रतिशत कर लगाएकोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दा यसअघि कुनै अमेरिकीले यसबारे कुरा नगरेको जनाएको बताए।

साथै तिनको आयात कर कम गर्न वाचा समेत गरेको ट्रम्पले बताए।

सो कुराकानीपछि भारतले सो मोटरसाइकलमा लगाइएको कर केही कम गरे पनि त्यो पर्याप्त नभएको उनले टिप्पणी गरे।

गुनासो
यसअघि पनि ट्रम्प प्रशासनले अमेरिकी उत्पादनहरूमाथि भारतले ज्यादा आयात शुल्क लगाएको गुनासो गरिएका थिए।

केही दिनयता मात्रै ट्रम्पले भारतमाथि यस्तो आरोप दुई पटक लगाइसके।

साथै उनले अमेरिका भित्रिने भारतीय उत्पादनमा पनि चर्को आयात शुल्क लगाउने धम्की दिएका छन्।

भारत र अमेरिकाबीचको व्यापारमा रहेको ुखाडलु कम गर्न भारतमाथि लगातार दबाब परिरहेको छ।

हाल दुई देशबीचको व्यापार अन्तर करिब २५ अर्ब डलर जति छ। –एजेन्सी