अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा छ को मृत्यु

नयाँ दिल्ली । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । ट्रकले एक बसलाई ठक्कर दिएपछि भएको दुर्घटनामा कम्तीमा छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन ।
प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी लखनउबाट करिब २ सय किलोमिटर टाढा रहेको इलाकामा सो घटना भएको थियो ।
यो बस अल्लाहबाद सरहबाट गोरखपुर जिल्लातर्फ गईरहेको बताइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको छ ।