कर्णाली प्रदेश

मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताए । प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सरसफाइ मानव जीवनको अभिन्न अङ्ग भएको बताए ।
“अब सरकारले सरसफाइ कार्यक्रमलाई यस प्रदेशका १० वटै जिल्लामा अभियानात्मक तरिकाले अघि बढाउँछ,” उनले भने, “यसमा सबै पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्दछ ।”

पछिल्लो समयमा प्लाष्टिकजन्य चीजले वातावरणीय प्रदूषणको प्रभाव बढेको भन्दै उनले हरेक गाउँ टोललाई त्यसको उचित व्यवस्थापन गर्न आग्रह गरे। राजधानी सुर्खेत मात्र नभइ सबै जिल्लालाई सफा, सुन्दर र स्वच्छ बनाउने गतिविधिमा निरन्तरता दिइने उनको भनाइ थियो । स्वच्छ वातावरण, शुद्ध खानेपानी, विकसित तथा शान्त समाज निर्माणमा सरकार आफ्नो यात्रामा अनवरत लागि रहेको उहाँले बताए ।

हरिडिल आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले सरसफाइ सभ्य समाजको परिचय हो, भने । सरकारले थालेको अभियान हरेक गाउँ, बस्ती, टोल र विद्यालयस्तरमा पु¥याइनुपर्नेमा उनले जोड दिए । विद्यालयस्तरबाट बालबालिकामार्फत अभिभावकसम्म सरसफाइको महत्व र प्रभावबारे जानकारी दिलाइने हमालको भनाइ थियो । सरसफाइ कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय नागरिक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।