राजनीति

वरिष्ठ नेता शाहको दाबीः अब बन्ने सरकार कांग्रेसको

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका वरिष्ठ नेता ऋषिकेश जंग शाहले नेपाली कांग्रेस भित्र आत्मीयता र हार्दिकता बढाउन नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काको निर्देशन अनुसार नेपाली कांग्रेसलाई कर्णालीमा बलियो पार्टी बनाउन आग्रम गरेका छन् । कर्णाली भ्रमणमा रहेको नेतृत्वको टोलिले आज सुर्खेतको नेपालि कांग्रेस पार्टी कार्यालयमा सुर्खेत नेपाली कांग्रेसका कार्यकर्ताहरुसँग भेटघाटमा उनले यस्तो बताएका हुन् ।

भेटघाट कार्यक्रममा टोलिको नेतृत्व गरेका नेता शाहले आफू नेतृत्वको भ्रमण टोलिको मुख्य उदेश्य अब आउने निर्वाचनबाट कर्णालीमा नेपाली कांग्रेसको सरकार बनाउने, कर्णाली प्रदेश भित्रका धार्मिक तथा पर्यटकीय सम्पदाको प्रबद्र्धन र कर्णालीका जनताको आवश्यकताको उजागर गर्ने बताएका छन् ।

शाहले नेपाली कांग्रेस देश भर मध्ये सबैभन्दा कमजोर कर्णाली प्रदेशमा भएको भन्दै अब आउने निर्वाचनमा कांग्रेस जिताउनलाई कर्णालीको भ्रमण गरेको बताए ।

देशभर कम्युनिस्टहरुको सरकार भएको बेला हामी फुटेर भन्दा जुटेर कम्युनिस्टहरु सँग मुकाबिला गर्नुपर्ने तिर शाहले जोड थियो। पार्टी भित्र अनुशासन र एकताको खाचो भएकाले अब पार्टीमा आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्यको जरुरी भएको पनि उहाँको ठहर थियो । मुगु जाने बाटोलाई कालोपत्रे गर्नु र हुम्ला जोड़ने बाटोलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

मुगुको छायानाथ राराताल , दैलेखको ऎतिहासिक पंच देवल अनि सुर्खेतको काक्रेबिहार लगाएतका सम्पदाको प्रचार गरेर कर्णालीको पर्यटनलाई बिकाश गर्नु पर्ने भ्रमण टोलीको सरकारसँग माग रहेको छ।

भ्रमण टोलिमा नेपाली कांग्रेस सुर्खेतका पार्टी सचिब टोप बहादुर रावत, जाजरकोट नेपाली कांग्रेसका युवा नेता बेदराज सिंह ,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्वय तारक के सी,सुशीला गिरी,नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय सदस्य केशर जंग शाही, नेपाल विद्यार्थी संघ सुर्खेतका पूर्ब अध्यक्ष सुरेन्द्र के सी,स्व बि यु सभापति नीराजन नेपाल,बिध्यार्थी नेताहरू सूरोत लामा र परोपकार अधिकारी लगायत १५ जनाको टोलि रहेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिए ।