पु.समाचार

नेपाल र ओलीबीचको दोहोरी ब्याटल रोक्न प्रचण्ड भोली नेपाल आउदैँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच आधा घण्टा लामो टेलिफोन वार्ता भएको छ । सोमबार बिहान भएको टेलिफोन वार्तामा पछिल्लो समय पार्टी भित्र देखिएको आन्तरिक विवादका बिषयमा छलफल भएको हो ।

केही दिन अगाडी मुलुकमा हत्या हिंशाका घटाना बढिरहेको भन्दै सरकार कहाँ छ भनेर नेता नेपालले संसदमा प्रश्न गरेपछि विवादको शुभारम्भ भएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूले केही दिन देश छोड्दा कसैलाई छटपटी भएको भन्दै नेता नेपाललाई अमेरिकाबाट जवाफ फर्काएपछि विवाद झन् बढेको थियो । त्यसपछि गत शुक्रबार नेता नेपालले आफ्नो समूहका नेताहरुलाई भेला गरेर पार्टी नेतृत्व र सरकारका कामकारवाहीबारे तीब्र असन्तुष्टि जनाएका थिए ।

नेता नेपालसँगको वार्तामा अध्यक्ष दाहालले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आफू तत्काल नेपाल आउने भन्ने कुरा भएको स्रोतले बताएको छ । अध्यक्ष दाहालले असन्तुष्टीका बिषयलाई आफू स्वदेश फर्किएलगत्तै समाधान गर्ने बताएका छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेताबीच दोहोरी ब्याटल चलिरहेको र नेपाल पक्षले देशव्यापी जागरण अभियान चलाउने चलाउने चेतावनी दिईरहेका बेला दुई नेता बीच भएको टेलिफोन वार्ता र प्रचण्डको अभिव्यक्तीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।