साहित्य

पहाडीको ‘युद्ध निषेध: शान्ति विशेष’ सार्वजनिक

काठमाडौँ । मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेध: शान्ति विशेष’ सार्वजनिक भएको छ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश गरिएको छ ।

उनले लेखेका यो २७ औँ पुस्तक हो । शान्ति समाजका १३ सदस्यको सहयोगमा पुस्तक प्रकाशन गरिएको महासचिव उत्तम पुडासैनीले जानकारी दिए । ‘विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ । त्यसैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु मैले आवश्यक ठानेँ र त्यसविरुद्ध उभिएँ । आज पनि म हिंसा, घृणा र विखण्डनविरुद्ध हुङ्कार गर्छु र त्यसका पृष्ठपोषकविरुद्ध आजीवन लडिरहने प्रण गर्छु’, पुस्तकमा पहाडीले भने ।

विभिन्न शक्ति राष्ट्रको घोषित–अघोषित नेपाल नीति, सुरक्षा र सामरिक महत्वका विषयमा गत एक वर्षमा प्रकाशित पहाडीका १७ लेख सो पुस्तकमा समावेश गरिएको छ । शान्तिको पक्ष, हिंसा र युद्धको विपक्षमा समर्पित पुस्तक बिक्रीबाट प्राप्त हुने रकम शान्ति समाजको अभियान÷कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ ।