प्रवास

एकै चोटी झण्डैँ ७ हजार जनाका लागि नयाँ भर्ना खुल्यो, कुचिकारदेखि इन्सपेक्टरसम्म बन्ने अवसर (विज्ञापन सहित)

काठमाडौं । नेपाल प्रहरीमा एकै पटक झण्डैँ सात हजार जनाको लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कुचिकार देखि ईन्स्कपेक्टरसम्मको पदमा भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको विज्ञानमा भर्नाका लागि १०८ जना इन्सपेक्टर माग गरिएको छ जसमध्ये ५८ जनाका लागि खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने छ ।

समावेशी नियमअनुसार निकालिएको विजुनियर अधिकृततर्फ एकसाथ ५२४ जना प्रहरी सहायक निरीक्षकमा पनि भर्ना खोलेको छ। यसतर्फ २८३ जनाले खुल्लाबाट असईमा भिड्न सक्नेछन् ।

सातैवटा प्रदेश प्रहरी कार्यालय तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि दरखास्त फाराम भर्न सकिने प्रहरी प्रधान कार्यालयकाद्धारा सार्वजनिक सूचनामा जानकारी दिईएको छ ।

यस्तै, भान्से देखि जवानसम्मका विभिन्न पदका लागि आवदेन आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले ६ हजार २४४ जा जवान, प्रहरी कार्यालय सहयोगी (भान्से) ३२०, सिलाईबुनाई गर्ने १२ जना, कुचिकार १४ जना, ९ जना मोची र ३० खेलाडीको भर्नाका लागि आवेदन मागेको छ ।

यी पदका लागि असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयबाट दिन सकिने जनाईएको छ ।

जनपद समूह तर्फको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरुको नयाँ भर्ना सम्बन्धी सूचना

जनपद समूह तर्फको प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुको नयाँ भर्ना सम्बन्धी सूचना