सूचना प्रविधि

प्रेस युनियनमा शर्मा

म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीको आइतबार बेनीमा सम्पन्न सातौँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट राकेश शर्माको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

युनियनको उपसभापतिमा अङ्कित पुन र रञ्जना श्रेष्ठ, सचिवमा साधन राम्जाली, सहसचिवमा सावित्री सुवेदी र कोषाध्यक्षमा गणेश गुरुङ निर्वाचित भएका छन्। सदस्यमा अमित गर्बुजा, सुशीलकुमार थकाली, सम्झना राम्जाली, अनिल पौडेल र सुजता खत्री चयन भएका छन् ।
अधिवेशनको अवसरमा नागरिक दैनिकलगायतका सञ्चारमाध्यममा कार्यरत हरिकृष्ण गौतमलाई रु पाँच हजार राशिको प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बेनपा–६ भरालेकी सुकुम्वासी सीता बानियाँको परिवारका लागि नेपाली काङ्ग्रेस जनसम्र्पक समिति पोर्चुगलका प्रथम उपाध्यक्ष वकिल केसीको पहलमा सङ्कलन भएको रु ३१ हजार हस्तान्तरण गरिएको थियो ।

अधिवेशनको उद्घाटनका क्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सरकारद्वारा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
–––