पर्यटन/संस्कृति

पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरिहिल्स पुरस्कृत

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्सलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।आइतबार राजधानीमाआयोजितविशेष कार्यक्रमकावीचमाननीयमहिलाबाल–बालिकातथा जेष्ठनागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेका हुन् ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ ।

पहुँच युक्तता प्रवद्र्धन गर्ने¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्सलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्सलगायत अन्यतीन संघ–संस्था सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै मन्त्री थममाया थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गरे ।