समाचार

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आईतबार काभ्रे जिल्लाको भकुण्डेबेसीस्थित नं।२६ बाहिनी अड्डा र सोहि जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा केन्द्रको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । साथै, भ्रमण सम्पन्न गरी उनी आजै काठमाण्डौं फिर्ता भएका छन् ।