आर्थिक

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्षनिर्माण गरी एक कार्यक्रमका बीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री रविन्द« अधिकारीले गरे । । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीयमन्त्रीले उच्च प्रशंसा गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ«े बैंक परिवार गौरवान्वित भएको बताए ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।

बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।